जापानी टेक्स्ट select गर्नुहोस्,
तुरुन्तै नेपाली अनुवाद पाउनुहोस्
Furigana, accurate readings, र सामुदायिक रूपमा सुधारिँदै जाने साझा शब्दकोश सहित — पूर्ण रूपमा निःशुल्क Chrome extension।
✨ नयाँ: अब PDF भित्रको जापानी टेक्स्ट पनि अनुवाद गर्न मिल्छ — PDF link मा right-click गरेर वा extension बाट खोल्नुहोस्।
के-के छ यसमा
एक क्लिकमा अनुवाद
जुनसुकै वेबपेजमा जापानी text select गर्नुहोस्, सानो आइकनमा क्लिक गरेर तुरुन्तै नेपाली अनुवाद हेर्नुहोस्।
Furigana
Kanji माथि hiragana reading देखिन्छ — offline, स्थानीय रूपमा नै generate हुन्छ, कुनै network call चाहिँदैन।
सटीक Reading
Ambiguous kanji (जस्तै 上手) को reading Jisho.org को dictionary सँग cross-check गरेर स्वतः सुधारिन्छ।
साझा शब्दकोश
Kanji reading र शब्दार्थ community-curated dictionary बाट झन् सटीक हुँदै जान्छ।
व्यक्तिगत सुधार
अनुवाद गलत भेटियो भने "सच्याउनुहोस्" थिचेर आफ्नै अनुसार मिलाउन सकिन्छ — त्यो सुधार तपाईंको आफ्नै browser मा मात्र रहन्छ, कहीं share हुँदैन।
Burmese (वैकल्पिक)
चाहेमा नेपाली सँगै Burmese अनुवाद पनि एकैसाथ देख्न सकिन्छ।